नियम
परिभाषा :

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
(क) “ऐन” भन्नाले ट्रेड युनियन ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “दर्ताको प्रमाणपत्र” भन्नाले यस नियमावली बमोजिम पंजिकाधिकारीले प्रतिष्ठानस्तरको ट्रेड युनियनलाई दर्ता गरी दिएको प्रमाणपत्र सम्झनु पर्छ र सो शब्दले पंजिकाधिकारीले यस नियमावली बमोजिम ट्रेड युनियन संघ वा ट्रेड युनियन महासंघलाई दर्ता गरी दिएको प्रमाणपत्रलाई समेत जनाउंछ।